काठमाडौं, फागुन ६ । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इप्पान)ले लगानी सम्मेलनअगावै विभिन्न आयोजनाहरुलाई शर्तअनुसार दिनुपर्ने भुक्तानी रकम दिन माग गरेको छ ।
संस्थाले सरकारले विभिन्न २५ प्रवद्र्धकहरुसँग दोहोरो सम्झौता (पोस्टेड रेट) गरी विद्युत् खरिद–बिक्री सम्झौता गरेतापनि हालसम्म शर्तअनुसारको भुत्तानी नपाएको जनाएको छ ।
संस्थाले सोमबार पत्रकार सम्मेलन गरी २०७२ को ऊर्जासंकट कार्ययोजनाअन्तर्गत् प्रवद्र्धकहरुले मूल्य अभिवृद्धि कर तिरेवापत ५० लाख प्रतिमेगावाट एकमुष्ठ रकम फिर्ता गर्ने निर्णय कार्यान्वयन गरी रकम फिर्ता दिन माग गरेको हो ।
संस्थाका अध्यक्ष शैलेन्द्र गुरागाइँले सरकारले अघिल्लो लगानी सम्मेलनमा गरेको प्रतिबद्धताअनुसार रकम नदिएको बताए ।
फेरि गर्न लागिएको लगानी सम्मेलनअगावै उक्त रकम दिन उनले माग गरे ।
उनले नीतिगत सुधार नभएसम्म लगानी सम्मेलन गरेरमात्रै लगानी आउन नसक्ने पनि बताए ।









प्रतिक्रिया दिनुहोस्