कामपाले रातको समयमा महानगरभित्रको विभिन्न स्थानमा दमकलबाट पानी आयात गरी सडक सफा गर्ने काम सुरु गरेको हो ।
मेलम्ची खानेपानीको पाइप बिछ्याउने कामले गर्दा पछिल्लो समय काठमाडौंमा अत्यधिक धुलो बढेको हुनाले त्यसलाई नियन्त्रण गर्नका लागि कामपाले यस किसिमको अभियान सुरु गरेको कामपाले जनाएको छ ।
लाजिम्पाट क्षेत्रमा शनिकार विहान ब्यापक सरसफाइ गरिएको छ । माइकिङमार्फत सडक सफाइमा जुट्न आब्हान गर्दै सडक सफाचट बनाइएको छ ।
सरसफाइ हरेक नागरिकसँग जोडिएकाले, प्रदूषण नियन्त्रण गर्न नागरिक र महानगर मिल्नुपर्ने सन्देश माइकिङमार्फत प्रवाह गरिएको छ ।
काठमाडौंका मुख्य र कालोपत्र गरिएका सडक तथा किनारामा जमेर बसेको धुलो पखाल्ने कामको थालनी गर्न सोमबार राति ९ः३० देखि १२ बजेसम्म सडक सफा गर्ने काम सुरु गरिएको थियो ।
धुलोका कारण नागरिकले अत्यन्तै सास्ती बेहोनु परेका कारण चौतर्फी दबाब आएकाले कामपाले यस्तो प्रयास गरी नागरिकलाई केही आभाष दिन तयार भएको हो ।
दमकल, जेट मेसिन र ट्याङ्करको प्रयोग गरिएको धुलो पखाल्ने कामको पहिलो दिन ५० हजार लिटर पानीको प्रयोग भएको वातावरण व्यवस्थापन विभागले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्