काठमाडौं, फागुन ६ । निरन्तरजसो ‘वियरिष ट्रेन्ड’मा रहेको सेयरबजारमा सोमबार पनि उल्लेख्य गिरावट आयो ।
उतार–चढावबीच बजार परिसूचक नेप्से ७ अंकले ओर्लिएर ११ सय २ अंकमा आइ थामियो ।
यसदिन होटल र अन्य समूह सामान्य अंकले सकारात्मक रहेबाहेक अरु सबै समूह ओरालो लागे ।
जीवनबिमा समूहमा सबैभन्दा उच्च १९ अंकको गिरावट आयो । यस्तै, निर्जीवन बिमा, जलविद्युत्, विकास बैंक समूहमा पनि दोहोरो अंकको गिरावट आयो । होटल समूह भने ९ अंकले सुधारियो ।
यसदिन १६१ कम्पनीका ८ लाख ४६ हजार कित्ता सेयर जम्मा २३ करोड ४५ लाख रुपैयाँ बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्