बाराको मटिअर्वा घर भएका ५० वर्षीय मुकुन्द राय यादवको वि.सं. २०६६ साल असोज १७ गते भारतको बिहार, जमुनियानजिकै एसएसबीले चलाएको गोली लागेर मृत्यु भएको थियो ।
जमुनिया बजारबाट उपभोग्य सामान खरिद गरी फर्कनेक्रममा एसएसबीसँग विवाद हुँदा यादवको गोली हानी हत्या गरिएको थियो ।
निर्दाेष व्यक्तिको हत्या भएको भन्दै दुबै देशका मानवअधिकारवादी संघ–संगठन र विभिन्न संघ–संस्थाले चर्काे विरोध गरेपछि ८ वर्षपछि मृतक नेपालीको परिवारले क्षतिपूर्ति पाउने भएका हुन् ।
एसएबीका प्रहरी अधिकृतले बारा र पर्साका प्रहरी प्रशासनलाई यही वैशाख ७ गते पत्राचार गर्दै मृतक यादवलाई रु पाँच लाख भारतीय रुपैयाँ क्षतिपूर्ति दिने निर्णय गरिएको जनाएका छन् । रासस










प्रतिक्रिया दिनुहोस्