काठमाडौं, फागुन ६ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजश्व अनुसन्धान विभाग ललितपुरका तत्कालीन शाखा अधिकृत रामजी रिजालविरुद्ध अकुत सम्पत्ति कमाएको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
आयोगकाअनुसार शाखा अधिकृत रिजाल विभिन्न कार्यालयमा कार्यरत् रहँदा पदीय दुरुपयोग गरी रु दुई करोड ९७ लाख ३८ हजार ३१० बराबरको सम्पत्तिको स्रोत खुलेको नपाइएकाले मुद्दा दायर गरिएको हो ।
आयोगले ‘गैरकानुनीरुपमा सम्पत्ति आर्जन गरी अस्वाभाविक उच्च जीवनयापन गरिरहेकाले कारबाही गरी पाऊँ’ भनी परेको उजुरीका आधारमा छानबिन गरेको थियो ।
आयोगले रिजालकी श्रीमती स्वस्थानीलाईसमेत प्रतिवादी कायम गरी मुद्दा दायर गरेको प्रवक्ता रामेश्वर दंगालले जानकारी दिए ।
यस्तै, आयोगले रेडियो प्रसार सेवा विकास समितिका तत्कालीन लेखा अधिकृत टोपबहादुर महतराले रु दुई लाख ३१ हजार ७१८ बराबरको भ्रष्टाचार गरेको भन्दै सोमबारै विशेष अदालतमा मुद्दा दायर गरेको छ । रासस




प्रतिक्रिया दिनुहोस्