Logo १९ बैशाख २०८३, शनिबार | Sat May 2 2026


गैंडाको आक्रमणबाट एकको मृत्यु, एक घाइते


0
Shares

                                                                                फाइल फोटो
जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार भरतपुर महानगरपालिका–२८ सालबासस्थित जंगलमा घाँस काट्न गएकी स्थानीयवासी ५५ वर्षीया सुकमाया कुमालको गैंडाको आक्रमणबाट मृत्यु भएको हो ।

बिहान १० बजेको समयमा जंगलमा घाँस काट्न गएकी कुमाल गैंडाको आक्रमणबाट गम्भीर घाइते भएकी थिइन् । उनको भरतपुर अस्पतालमा उपचारका क्रममा शनिबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।

यसैगरी, पूर्वी चितवनको रत्ननगर नगरपालिका–११ पञ्चकन्या सामुदायिक वनमा निउरो टिप्न जाँदा कालिका नगरपालिका–१ डढुवा निवासी अन्दाजी ६५ वर्षीय भीमबहादुर पाख्रिन गैंडाको आक्रमणबाट घाइते भएका छन् ।

घाइते पाख्रिनको चितवन मेडिकल कलेज, भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । रासस