काठमाडौं, फागुन ६ । सरकारले मेलम्ची खानेपानी आयोजना पूरा गर्न मुख्य ठेकेदार कम्पनी इटालीको सीएमसीसँगको वार्ता जारी राखेको छ ।
सरकारले सीएमसीलाई सहमत गराउने र अन्य विकल्प दुवै प्रक्रिया सँगसँगै अगाडि बढाइरहेको जनाइएको हो ।
औपचारिकरुपमा ठेक्का तोडिएपनि बाँकी काम सीएमसीबाटै पूरा गराउने प्रयासमा सरकार लागिरहेको हो ।
आयोजनाका उपकार्यकारी निर्देशक भोजविक्रम थापाले सरकारले आयोजना चाँडो पूरा गर्न सीएमसीलाई नै मनाउने र अन्य प्रक्रिया चाल्ने दुवै विकल्प समानान्तररुपमा अगाडि बढाइरहेको जानकारी दिएका हुन् ।
सीएमसीसँग एक चरण सिंगापुरमा वार्ता भइसकेको छ । अर्को चरणको वार्ता र सहमतिका लागि कुरा भइरहेको जनाइएको छ ।
अन्य विकल्पमा ग्लोबल टेन्डर आह्वान गर्ने वा आयोजनाहरु टुक्र्याएर सहायक ठेकेदारहरुबाट काम गराउनेबारे गृहकार्य भइरहेको हो ।
चिनियाँ ठेकेदार चाइना ब्यूरोसँगको मुद्दामा जित
यता, आयोजनाले यसअघिको चिनियाँ ठेकेदार चाइना ब्यूरोसँगको मुद्दा भने जितेको छ ।
चाइना ब्यूरोले आयोजनामा आफ्नो रकम फसेको भनी हालेको मुद्दामा चाइनाको जिल्ला अदालतले उसलाई जिताइदिएर आयोजनाले एक अर्ब ४० करोड रुपैयाँ क्षतिपूर्ति तिर्नुपरेको थियो ।
त्यसपछि आयोजना उच्च अदालत गएको थियो ।
उच्च अदालतले भने आयोजनालाई जिताएसँगै नेपालले उक्त रकम पाउने भएको छ ।









प्रतिक्रिया दिनुहोस्