Logo ३२ असार २०८३, बिहिबार | Thu Jul 16 2026


नेप्सेसहित कारोबार रकममा पनि सुधार


0
Shares

साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा २३ अंकले बढेर अन्तिम दिन १६ सय ७० अंकमा पुग्यो । कारोबार भएका सबै समूहमा वृद्धि आएसँगै साताको नेप्से उक्लिएको हो ।

यो साता १ सय ५६ कम्पनीको पाँच अर्ब ६९ करोड हजार रुपैयाँ बराबरका ८२ लाख कित्ता सेयरहरु खरिद–बिक्री भए ।

गत साता १ सय ५४ कम्पनीको पाँच अर्ब १८ करोड रुपैयाँ बराबरका ७५ लाख कित्ता सेयरहरु खरिद–बिक्री भएका थिए । कारोबार रकम गत साताको तुलनामा करिब १० प्रतिशतले बढी हो ।

यो साता कारोबार रकम र कारोबार भएको सेयर संख्याको आधारमा प्रभु बैंक र कारोबार संख्याको आधारमा अरुण काबेली पाबर लिमिटेड अग्रस्थानमा रहेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।