Logo ३२ असार २०८३, बिहिबार | Thu Jul 16 2026


१४० मेगावाटको तनहुँ जलविद्युत् आयोजना निर्माणमा तीव्रता


0
Shares

सन् २०२२ सम्ममा सम्पन्न गर्ने लक्ष्यका साथ निर्माणलाई तीव्रता दिइएको आयोजनाले जनाएको छ ।

आयोजनाले टेन्डर आह्वान गरिसकेको र आयोजना प्रभावितहरुलाई पहिलो चरणमा मुआब्जा वितरण पनि गरिसकेको छ ।

आयोजनाको डुबानप्रभावित क्षेत्र भीमाद, जामुने, रिसिङ, रानीपोखरी, झापुटारलगायतका प्रभावितहरुलाई ५० प्रतिशत मुआब्जा वितरण गरिसकेको आयोजनाका साइट इन्चार्ज विदुर अधिकारीले जानकारी दिए ।

आयोजनाको पूर्वाधार निर्माणअन्तर्गत् प्रवेशमार्ग, कर्मचारी आवासगृह, आयोजनासम्म जाने सडक कालोपत्रेलगायतका काम अन्तिम चरणमा पुगेको आयोजनाले जनाएको छ ।

आयोजना निर्माणका लागि टेन्डर भइसकेको, लगानीसमेत जुटिसकेको हुँदा कुनै समस्या नरहेको अधिकारीले बताए ।

५० अर्ब रुपैयाँको लागतमा निर्माण गर्न लागेको आयोजनामा जापान सहयोग नियोग (जाइका)को १८ अर्ब, एसियाली विकास बैंकको १५ अर्ब, युरोपियन इन्भेस्टमेन्ट बैंकको ४ अर्ब रुपैयाँ र बाँकी नेपाल सरकार एवं नेपाल विद्युत् प्राधिकरणको लगानी रहने जनाइएको छ ।