२१ श्रावण २०८२, बुधबार | Wed Aug 6 2025


बालिकाको सामूहिक बलात्कारपछि हत्या


0
Shares

धनुषा, फागुन ६ । आधा शरीर जलेको अवस्थामा मृत भेटिएकी बालिकाको सामूहिक बलात्कारपछि हत्या भएको पाइएको छ ।

मिथिला नगरपालिका–३, हरिहरपुरकी ११ वर्षीया दुतिया रैसेलीको शव आधा जलेको अवस्थामा फागुन २ गते भेटिएको थियो ।

फागुन १ गते गाउँमै बिहेभोज खान गएकी उनको शव घरनजिकैको झाडीमा फेलापरेको थियो ।

घटनाबारे प्रदेश नम्बर–२ प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयले अनुसन्धान थालेको थियो ।

‘हत्यारानजिक पुगेका छौं’–प्रहरी नायब उपरीक्षक दानबहादुर थापाले भने ।

घटनामा संलग्न रहेको आशंकामा केही व्यक्ति पक्राउ परेका छन् । रासस