Logo १९ बैशाख २०८३, शनिबार | Sat May 2 2026


मिलको फित्तामा बेरिएर महिलाको मृत्यु


0
Shares

                                                                                                      फाइल तस्वीर

आइतबार बिहान धान कुटाउन मिलमा गएकी ५३ वर्षीया नरमाया पौडेलको सल मिलको फित्तामा अल्झिएपछि बेरिँदा उनी गम्भीर घाइते भएकी थिइन् । उनलाई उपचारका लागि लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक वासुदेव यादवले जानकारी दिए ।

पौडेललाई स्थानीयवासी कृष्णबहादुर लिम्बूको कुटानी पिसानी मिलमा फित्ताले बेरेको मृतकका श्रीमान् खम्बबहादुर पौडेलले बताए ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । (रासस)