Logo १९ बैशाख २०८३, शनिबार | Sat May 2 2026


फर्निचर उद्योगमा आगलागी, १५ लाख रुपैयाँ बराबरको क्षति


0
Shares

विद्युत् सर्ट भई सिरहा नगरपालिका–१७ स्थित बस्ने बेचन यादवको फर्निचर उद्योगमा सुरु भएको आगलागीबाट फर्निचर तथा फर्निचर बनाइने अन्य काठपातसमेत जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

प्रहरी, वारुणयन्त्र तथा स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो । (रासस)