
प्रहरीका अनुसार वैशाख ६ गते काठमाडौं महानगरपालिका–१० बानेश्वर स्थित नेशनल मनि ट्रान्सफरबाट कुशुम खनालले पौडेललाई नेपाल ईन्भेष्टमेन्ट बैंकमा ५ लाख रुपैयाँ जम्मा गर्नका लागि बा२८प ९६०७ नम्बरको स्कुटरसहित पठाएकोमा खातामा रकम जम्मा नगरी पौडेल फरार भएका थिए ।
पौडेललाई प्रहरीले शनिबार काठमाडौं महानगरपालिका–९ बालाजुस्थित उनको कोठाबाट उक्त स्कुटर, नगद ६३ हजार रुपैयाँ र मोबाइल १ थानसहित पक्राउ गरेको हो ।
घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्