३० श्रावण २०८२, शुक्रबार | Fri Aug 15 2025


१२ वर्षीया बालिकासँग विवाह गर्न लाग्दा २५ वर्षीय युवक पक्राउ


0
Shares

साविक बलिरामपुर–९, हाल कलैया उपमहानगरपालिका–१३ छोटकी फूलबारी बस्ने २५ वर्षीय रामनरेशप्रसाद यादव र साविक कवही गोठ–६, हाल सुवर्ण गाउँपालिका–२ बस्ने करिब १२ वर्षीया बालिकासँग निजकै घरमा शुक्रबार राति १० बजे विवाहको तयारी भइरहेको अवस्थामा प्रहरीले आवश्यक कारवाही गरेको हो । बाल विवाह हुन लागेको जानकारी पाएपछि प्रहरी टोली घटनास्थलमा पुग्दा दुवै पक्षका अभिभावक फरार भएका थिए ।

प्रहरी उपरीक्षक नरेन्द्र उप्रेतीका अनुसार पक्राउ परेका बेहुलालाई मुलुकी ऐन विवाहवारी महल अनुसार कारबाही गरिने छ ।

फरार भएका अभिभावक र संलग्न पण्डितको खोजी भइरहेको प्रहरी उपरीक्षक उप्रेतीले बताए । (रासस)