
लागुपदार्थ दुर्व्यसनीमा फसेका युवाहरुको जीवनमा आधारित सस्पेन्स कथावस्तुमा फिल्म बनेको जनाइएको हो ।
रातो घरको निर्देशन सुरज सुब्बा ‘नाल्बो’ले गरेका हुन् । सुब्बाले यसअघि, ‘सायद’, ‘बाटोमुनिको फूल’लगायतका सफल चलचित्र निर्देशन गरिसकेका छन् ।
यो फिल्मको तेस्रो ट्रेलर सार्वजनिक भएको छ ।
‘रातो घर’मा कलाकार विल्सन विक्रम राई, गौरव पहारी, संयम पुरी, मेनुका प्रधान, अनुराग कुँवर, विकेश श्रेष्ठलगायतले अभिनय गरेका छन् ।
फिल्ममा हरि लामाको छायाँकन, बिपीन मल्लको सम्पादन, रोशन श्रेष्ठको द्वन्द्व, महेश खड्काको शब्द–संगीत रहेको छ ।
तेस्रो ट्रेलर हेर्नोस्
प्रतिक्रिया दिनुहोस्