आइतबार राजधानीमा पत्रकार सम्मेलन गरी आयोगले महिला अधिकारको क्षेत्रमा कार्यरत् संघ–संस्थाको सहभागितामा अनुगमन समिति गठन गरिने जानकारी दिएको हो ।
समितिले स्थानीय तहको निर्वाचनकाक्रममा महिला उम्मेदवार तथा मतदाताहरुको सहभागिता र सुरक्षालगायतका विषयमा अनुगमन गर्ने जनाइएको हो ।
आयोगका कार्यबाहक अध्यक्ष भगवती घिमिरेले ७५ ओटै जिल्लाका सरोकारवाला निकायहरुसँग समन्वयन गरी समितिले काम गर्ने भन्दै स्थानीय तहको निर्वाचनपछि पनि अनुगमन गर्ने बताइन् ।










प्रतिक्रिया दिनुहोस्