भरतपुर महानगरपालिका–११ बसेनीमा गोली चल्दा स्थानीय ५२ वर्षीय कृष्णबहादुर कुमाल घाइते भएका हुन् ।
उनको भरतपुरस्थित नारायणी सामुदायिक अस्पतालमा उपचार भइरहेको छ । उनको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ ।
बसेनी फायरिङ रेन्जमा जुनियर प्रहरी अधिकृत शिक्षालय भरतपुरको प्रहरी जवान आधारभूत तालिम प्रथम समूहको एसएलआर राइफलबाट गोली चलेको बताइएको छ ।










प्रतिक्रिया दिनुहोस्