Logo १६ असार २०८३, मंगलबार | Tue Jun 30 2026


पैसा माग्दै उखु किसान सडकमा


0
Shares

सर्लाही, फागुन ६ । सर्लाहीका उखु किसानले सरकारी अनुदान रकम माग गर्दै सोमबार हरिवनमा विरोध प्रदर्शन गरेका छन ।

सरकारले आर्थिक वर्ष २०७४/०७५ मा आफूहरुलाई अनुदानवापत दिनुपर्ने प्रतिक्विन्टल ६५ रुपैयाँ २८ पैसा र चिनी उद्योगले दिनुपर्ने प्रतिक्विन्टल ५ रुपैयाँ अनुदान अहिलेसम्म नपाएको भन्दै किसाहरुले पूर्व–पश्चिम राजमार्गमा प्रदर्शन गरेका हुन् ।

एक वर्ष बितिसक्दासमेत उखुको भुक्तानी नपाएपछि आन्दोलन गर्न बाध्य भएको उनीहरुको भनाइ छ ।

मागको सुनुवाइ नभए राजमार्ग बन्द गर्नेसम्मका आन्दोलनका कार्यक्रमसमेत उनीहरुले अघि सारेका छन् ।