श्रीकृष्ण द्वैपायनको २८ औं अवतारका रुपमा दमौलीमा जन्म लिएका महर्षि वेदब्यासको जन्मभूमिलाई विश्वमाझ चिनाउन अखण्ड किर्तन लगाइएको संकिर्तन आयोजक वेद अनुयायी प्रतिष्ठान तनहुँले जनाएको छ ।
विश्वका ओमकार परिवारको मूल तीर्थस्थलको रुपमा विकास गर्न १८ महिने अखण्ड हरिनाम संकृतन कार्यक्रम गरिएको कार्यक्रमका संकल्पक शान्ति स्वरुपानन्द दामोदर बाबाले जानकारी दिए ।
कात्तिक १ गतेबाट सुरु भएको अखण्ड हरिनाम संकिर्तन ६ महिना पूरा भएर ७ महिनामा सञ्चालन भइरहेको छ । अखण्ड संकिर्तन कार्यक्रममा २४ सै घण्टा भजन गरिँदै आएको छ । किर्तनमा सहभागी हुन तनहुँ, लमजुङ, कास्की, चितवन, गोर्खालगायतका जिल्ला र भारतबाटसमेत सर्वसाधारण सहभागी भइरहेका छन् ।










प्रतिक्रिया दिनुहोस्