पुर्ख्यौली पेशाको रुपमा बाँसका घरायसी सामग्री बनाएर बिक्री गर्ने पेशाकर्मीहरु पछिल्लो समयमा बाँसको अभावमा पेशा संकटमा पर्दै गएको भन्दै चिन्तित भएका हुन् ।
अमरगढी नगरपालिका–७ पोखरा बजारनजिकै तिलाडी गाउँमा बस्ने करिब ६० परिवारको मूख्य पेशा नै बाँस र निगालोका सामान बनाएर बिक्री गर्नु हो । हातमुख जोड्ने पेशाको रुपमा रहेको बेत, बाँस, निगालो सिल्पकारका लागि कच्चा पदार्थ ल्याउन बझाङको बित्थड वा महाभारत पर्वत शृङ्खलामा पुग्नुपर्छ ।
सामान बनाएपछि बजारमा सस्तो र सहज रुपमा उपलब्ध हुने प्लाष्टिकका वस्तुसँग प्रतिस्पर्धा गर्नुपर्ने भएकाले पेशा नै संकटमा परेको उनीहरु बताउँछन् ।









प्रतिक्रिया दिनुहोस्