इलाका प्रहरी कार्यालय, मुग्लिनले दिएको जानकारीअनुसार नारायणगढतर्फ आउँदै गरेको वा६७प ६१९५ नंबरको मोटरसाइकलाई नम्बर नखुलेको सवारी साधनले ठक्कर दिँदा मोटरसाइकलमा पछाडि सवार ३९ वर्षीय जगविन्द्र धौलाकोटीको घटनास्थलमा नै मृत्यु भएको हो ।
उनी भेरीगङ्गा–१३ सुर्खेतका भएको प्रहरीले जनाएको छ ।
मोटरसाइकल चालक चपुर–१ रौतहटका निलबहादुर परियारको भरतपुरको चितवन मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ । उनको अवस्था गम्भीर रहेको छ ।
नारायणगढतर्फ नै आउँदै गरेको ट्याङ्करले ठक्कर दिएको आशङ्कामा एउटा ट्याङ्करलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । (रासस)










प्रतिक्रिया दिनुहोस्