Logo ५ पुस २०८२, शनिबार | Sat Dec 20 2025


रसुवामा काँग्रेस पार्टी कार्यालयमा तोडफोड, नेताको जिपमा ढुङ्गा प्रहार


0
Shares

निर्वाचनको मनोनयपत्रको विवादका कारण हाकुका महिलाले काँग्रेस रसुवाका नेता लामाकार्पु तामाङ चढेको जिपमा ढुङ्गा प्रहार गर्नाका साथै पार्टी कार्यालयको फर्निचर र कागजपत्र फालेर कार्यालय तोडफोड गरेको प्रहरीले जनाएको छ ।

ढुङ्गा प्रहारबाट तामाङ चढेको गाडीको सिसा फुट्नाका साथै सामान्य क्षति पुगेको छ ।

जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी निरीक्षक ध्रुव सिलवालका अनुसार तोडफोडमा संलग्न पाँच महिलालाई नियन्त्रणमा लिई छानबिन भइरहेको छ ।

पक्राउ परेकाको नाम सार्वजनिक गरिएको छैन । पार्वतीकुण्ड गाउँपालिकाको अध्यक्षमा हाकुका साङतेम्बा तामाङले टिकट नपाएको झोकमा सो घटना गराएको हुन सक्ने प्रहरीको अनुमान छ । रासस