प्रधानन्यायाधीश सुशीला कार्की विरुद्धको महाअभियोग प्रस्तावप्रति गम्भीर असहमति जनाउँदै राप्रपाको सोमबार(आज) साँझ बसेको वैठकले सरकार छाड्ने निर्णय गरेको हो ।
राप्रपाले प्रधान न्यायाधीशमाथिको महाअभियोग प्रस्ताव न्यायालय माथिको ठाडो हस्तक्षेप भएको ठहर गर्दै त्यसको विरुद्ध उभिने निर्णय पनि गरेको छ ।
साथै राप्रपाले स्थानीय तहको निर्वाचन कुनै हालतमा हुनु पर्ने माग पनि गरेको छ ।
राप्रपा पनि सरकारबाट बाहिरिएपछि प्रधानमन्त्री पुष्पकमल दाहालको सरकार थप संकटमा पर्ने खतरा बढेको छ । मधेशी दलहरुले यस अघि नै सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेका छन् ।





प्रतिक्रिया दिनुहोस्