-ध्रुव भट्टराई/ईमेज
तराईका जिल्ला जोड्ने ‘लाइफ लाइन’का रुपमा परिभाषित हुलाकी राजमार्ग निर्माण कार्य भने कछुवा गतिमा हुँदै आएको छ ।
निर्माण कार्य अति सुस्त गतिमा बढ्दा आयोजना कहिले सम्पन्न हुने हो भन्नेमा समेत अन्योल छाएको छ ।
०६२/०६३ सालवाट हुलाकी राजमार्गको निर्माणको कामले गति पाएको थियो । कागजी रुपमा गति लिएको देखिएपनि हुलाकी राजमार्ग निर्माणको ढिलासुस्ती र दुरावस्था अहिले पनि यथावत छ ।
सप्तरीदेखि झापासम्मको २ सय २५ किलो मिटर पर्ने हुलाकी राजमार्गमा अहिलेसम्म कतै कालोपत्रे सडक देख्न समेत पाइएको छैन् ।
अहिले पनि धेरै स्थानमा पुल निर्माणको काम अधुरो अवस्थामा छाडिएको छ भने कतिपय स्थानमा सडकको निसाना समेत मेटिएको अवस्था रहेको स्थानीय बताउँछन् ।
सरकारले यो वर्ष पनि सप्तरी र झापा जिल्लामा मात्र हुलाकी सडकको काम अघि वढाएको छ ।
सप्तरीमा पुल निर्माणको काम मात्र भईरहेको छ भने झापामा पुलसगै उतर दक्षिण जोड्ने सहायक सडक कालो पत्रे गर्ने काम भइरहेको हुलाकी राजमार्ग आयोजनाले जनाएको छ ।
सरकारले यो आर्थिक वर्षका लागि वजेट विनियोजन नगरेका कारण मोरङ र सुनसरी जिल्लाअन्तर्गत पूर्व पश्चिम राजमार्ग एवं सहायक सडकको निर्माणको काम भने ठप्प भएको स्थानीयको गुनासो छ ।
लामो समयदेखि चर्चामा रहेको हुलाकी सडकअन्तर्गत सप्तरी सदरमुकाम राजविराजदेखि मोरङको सदरमुकाम विराटनगर हुँदै झापा सदरमुकाम भद्रपुरसम्ममा चारपांग्रे सवारी साधान चल्ने अवस्था छैन ।
पूर्व पश्चिम राजमार्ग अन्तर्गत झापा, मोरङ जिल्लामा ४८ किलोमिटर, सुनसरीमा ३० किलोमिटर र सप्तरीमा ३२ किलोमिटिर हुलाकी सडक छ ।
यी जिल्र्ला त पर्ने झापामा हुलाकी राजमार्गलाई जोड्ने सहायक राजमार्ग चारआली केचना ४० किलोमिटिर, मोरङमा कानेपोखरी रंगेली २५ किलोमिटिर र सप्तरीमा कल्याणपुर वसाइन हुदै व्रहमपर्टी १८ किलोमिटर सहयाक राजमार्ग रहेका छन् ।
हुलाकी राजमार्ग आयोजना इटहरीका अनुसार सप्तरी, सुनसरी, मोरङ र झापा जिल्ला जोड्ने हुलाकी राजमार्गमा यो वर्ष सप्तरी र झापामा मात्र काम भएको छ ।
सरकारले अन्य जिल्लाको हकमा वजेट विनियोजना नगरेपछि मोरङ र सुनसरी जिल्लामा भने हुलाकी राजमार्गको काम स्थगित छ ।
सरकारले चालू आर्थिक वर्षका लागि ३८ करोड रुपैयाँ निकासा गरेकोमा सो रकम समेत अपूग हुँदा काम गर्न समस्या भएको हुलाकी राजमार्ग आयोजनाका प्रमुख शैलेन्द्रमणि त्रिपाठी बताउँछन् ।
पूर्व पश्चिम लोकमार्गको समानान्तर सीमा हुँदै करिब २० देखि ३० किमि दक्षिणतर्फ भएर हुलाकी राजमार्ग फैलिएको छ ।
तराई मधेसका जिल्लाहरू जोड्ने पहुँचमार्गका रुपमा रहेका ९ सय ७५ किमि लामो सडक निर्माणमा सरकारको विषेश ध्यान जान जरुरी देखिन्छ ।









प्रतिक्रिया दिनुहोस्