Logo ५ पुस २०८२, शनिबार | Sun Dec 21 2025


एमाले–राप्रपाबीच काठमाडौं र ललितपुरमा चुनावी तालमेल गर्ने विषयमा छलफल


0
Shares

सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा अध्यक्ष केपी शर्मा ओली र राप्रपाका अध्यक्ष कमल थापाबीच सो विषयमा छलफल भएको हो ।

दुबै दलले आन्तरिक छलफल गरी उम्मेदवारको टुंगो लगाउने तयारी गरेका छन् । एमालेले काठमाडौं र ललितपुर महानगरपालिकामा हालसम्म आफ्नो उम्मेदवार तय गरेको छैन ।

सो पार्टीका सचिव योगेश भट्टराईले सोमबारको स्थायी कमिटीको बैठकले अध्यक्ष ओली र नेता माधवकुमार नेपाललाई सोबारेमा निर्णयमा पुग्न जिम्मेवारी दिएको बताए ।

अध्यक्ष ओलीले अहिले काठमाडौं र ललितपुर जिल्लाका नेता–कार्यकर्तासँग तालमेलका विषयमा छलफल गरिरहेका छन् । रासस