कारोबार सुरुआती समयमा घटेको नेप्से पछि सच्चिँदै सकारात्मक रहेको हो । तीव्र उतार–चढावबीच बजार परिसूचक नेप्से साढे ७ अंकले बढेर १६ सय ५८ बिन्दू पुगेर थामियो ।
कारोबार सुरुआती समयमा नेप्से ऋणात्मकबाट सुरु भएपनि मध्याह्नसम्म बढेर १६ सय ६७ बिन्दूसम्म पुगेर पुनः ऋणात्मक हुँदै फेरि सकारात्मक भएको हो ।
यसदिन कारोबारमध्ये आधा समूहमा वृद्धि आयो भने आधा समूहमा गिरावट आयो ।
बीमा, वाणिज्य बैंक, विकास बैंक र जलविद्युत् समूहमा वृद्धि आयो भने होटल, वित्त, उत्पादन र अन्य समूहमा गिरावट आयो ।
यसदिन नेपाल स्टक एक्सचेन्जमा १ सय ४३ कम्पनीको १५ लाख कित्ता सेयर ९२ करोड रुपैयाँ बराबरमा खरिद–बिक्री भएको एक्सचेन्जले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्