Logo ३२ असार २०८३, बिहिबार | Thu Jul 16 2026


मंगलबार सुनको भाउ ओरालो लाग्यो


0
Shares

अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यसदिन स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा ३ सय रुपैयाँले कमी आएर तोलाको ५४ हजार ४ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सुनको मूल्य सोमबार पनि तोलामा २ सय रुपैयाँले कमी आएर तोलाको ५४ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

मंगलबार चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले घटेर तोलाको ७ सय ६० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा मंगलबार साँझसम्म सुन प्रतिऔंस १२ सय ५३ डलर हाराहारीमा कारोबार भएको थियो ।