३० बैशाख २०८२, मंगलबार | Wed May 14 2025


आम्दानीका हिसाबले बलिउडका सबै चलचित्रलाई पछि पार्‍यो ‘बाहुबली–२’ ले


0
Shares

विश्वभर यो चलचित्रले गरेको आम्दानी भारतीय चलचित्र उद्योगका लागि नयाँ कीर्तिमान बनेको हो ।

एसएस राजामौलीको यो चलचित्रले प्रारम्भिक चार दिनमै ६ सय करोड भारतीय रुपैयाँभन्दा बढी आम्दानी गरेको बताइएको छ । यो चलचित्रको हिन्दी भर्सनलेमात्र चार दिनमा एक सय ६८ करोड रुपैयाँको आँकडा पार गरेको छ ।

शुक्रबार हिन्दी भर्सनले ४१ करोड, शनिबार ४० करोड ५० लाख, आइतबार ४६ करोड ५० लाख र सोमबार ४० करोड आम्दानी गरेको छ ।

चलचित्र समीक्षक तरण आदर्शका अनुसार बाहुबली–२ अमेरिकामा सबैभन्दा बढी आम्दानी गर्ने भारतीय चलचित्र बनेको छ । अमेरिकामा चार दिनमा यो चलचित्रले ६५ करोडभन्दा बढी आम्दानी गरेको उनले जनाकारी दिए ।

मूल रुपमा तुलुगु भाषामा निर्माण भएको यो चलचित्र हिन्दीसहित ६ भाषामा प्रदर्शन भइरहेको छ । विश्वभर ९ हजार सिनेमाघरमा यो चलचित्र एकसाथ प्रदर्शन भइरहेको छ ।