नेपाली सेना भवानी दल गण, उदयपुर बोक्सेका अनुसार स्थानीय एक कृषकको घरनजिकै बमजस्तो वस्तु देखिएपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए भने प्रहरीले तत्काल सेनालाई खबर गरेको थियो ।
भवानी दल गुल्म ताराघारी कटारीका क्याप्टेन भरत गिरीको नेतृत्वमा गएको ६ जनाको बम डिस्पोजल टोलीले घटनास्थलमा गएर बम नष्ट गरेको भवानी दल गण उदयपुर बोक्सेका प्रमुख सेनानी सुमन खड्काले बताए ।
बम विगतमा माओबादी द्वन्द्वकालमा छाडिएको वा कसैले लुकाएको हो यस विषयमा भने अध्ययन भइरहेको पनि सेनाले बताएको छ । (रासस)










प्रतिक्रिया दिनुहोस्