Logo ३२ असार २०८३, बिहिबार | Thu Jul 16 2026


कति सुन्दर मैयुं ! तर सरकारी नजर परेन (भिडियो)


0
Shares

-राजन राई/ ईमेज

भोजपुरको पश्चिमी टेम्के मैयु गाउँपालिकामा रहेको मैयुं क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकको आवागमन बढेको हो । वैशाखको मध्य पुगिसक्दा समेत यहां पुग्ने पर्यटकको संख्यामा कुनै कमी आएको छैन् ।

अघिल्ला बर्षहरुमा चैत्रदेखि बैशाखको पहिलो सातसम्म पर्यटक पुग्ने गरेकोमा यो बर्ष बैशाखको मध्यसम्म पर्यटक पुगिरहेका हुन् । तीन हजार तीन सय मिटर उचाईमा रहेको यस क्षेत्र प्राकृतिक हिसावले निक्कै सुन्दर छ ।

यस क्षेत्रबाट बिभिन्न हिमालका साथै लालिगुराँस, रेडपान्डा, लोपउन्मुख जंगली हाँस, मधेशका विभिन्न फाँटहरु अवलोकन गर्न सकिने स्थानीय बताउंछन् ।

यस क्षेत्रको प्रर्वद्धनका लागि पछिल्लो समय तिम्मा सरोकार समाजले गुरु योजनाका साथ काम गरिरहेको छ । समाजले हालै मैयुँ हाँसपोखरी महोत्सव पनि आयोजना गरेको छ ।

जसले गर्दा समेत यस क्षेत्रमा पर्यटक बढेको अनुमान स्थानीयको छ । यस क्षेत्रको प्रर्वद्धनका लागि पदमार्गको अवधारण विकास गरेर गुरु योजना बनाउनुपर्ने समाजका सदस्य वलिराज खम्वु र अध्यक्ष रुद्रप्रसाद राई बताए ।

यहाँ आन्तरिक तथा बाह्य पर्यटनको राम्रो सम्भावना रहे पनि बस्ती भन्दा १० किलो मिटर टाढा रहेको यस क्षेत्र घुम्न आउने पर्यटकका लागि खाना तथा आवसको व्यवस्था निक्कै चुनौति हुने गरेको छ ।

प्राकृतिक दृष्टिकोणले पर्यटन प्रर्वद्धनका लागि राम्रो सम्भावना वोकेको यस क्षेत्रका लागि राज्यको त आँखा पुगेको छैन नै तर जिल्लामा रहेका अन्य सरोकारवालाहरुले समेत यस क्षेत्रको विकासमा ध्यान केन्द्रीत नगरेको यहाँका स्थानियहरुले गुनासो गर्ने गरेका छन् ।