३० बैशाख २०८२, मंगलबार | Wed May 14 2025


मोडल एलिसा राईको प्रेमी को होला ?(भिडियो)


0
Shares

सुन्दरी एलिसाले आफ्नो वास्तविक जीवनमा नभई गायक शिव भुषालको हालै सार्वजनिक गीत ‘किन तानेको मेरो पछ्यौरी मखमली’को भिडियोमा अर्का चर्चित मोडल पुष्पल खड्काको प्रेमीकाको भूमिकामा देखा परेकी हुन् ।

छेडखानी गर्ने रोमान्टिक यो गीतमा चर्चित गायिका अञ्जु पन्त र शिव भुषालले स्वर भरेका छन् ।

गीतकार तथा गजलकार नृपेश उप्रेतीका शब्द शृजनामा पछिल्लो समयका ब्यस्त अनि चर्चित संगीतकार अर्जुन पोखरेलले संगीत भरेको गीतलाई सुब्रत आचार्यले निर्देशन गरेका हुन् ।

गीतमा सुनील क्षेत्रीको कोरियोग्राफी रहेको छ । जसमा अर्जुन तिवारीको छायांकन तथा भरत रेग्मीको सम्पादन रहेको छ ।