Logo ५ पुस २०८२, शनिबार | Sun Dec 21 2025


‘विकास र आर्थिक समृद्धि नै मुख्य एजेन्डा’


0
Shares

बुधबार रफत सन्चार क्लब भक्तपुरमा आयोजित साक्षात्कारमा सूर्यविनायक नगरपालिकामा कांग्रेसबाट मेयरका उम्मेदवार विष्णुराज कार्की, चाँगुनारायण नगरपालिकामा कांग्रेसबाट मेयरका उम्मेदवार राजाराम खड्का र भक्तपुर नगरपालिकामा कांग्रेसबाट मेयरका उम्मेदवार रामप्रसाद कासुलाले भक्तपुरको समग्र विकास नै आफूहरुको प्राथमिकता हुने बताएका हुन् ।

कार्कीले सूर्यविनायक नगरको शिक्षा, स्वास्थ्य र सडकलाई प्राथमिकतामा राखेको बताए ।

यसैगरी, खड्काले चाँगुनारायण क्षेत्रको समग्र समृद्धिका साथै यहाँको पर्यटन विकास र खानेपानी तथा सडक विस्तारमा लागिपर्ने प्रतिबद्धता जनाए ।

कासुलाले भक्तपुरको समग्र विकासका साथै यहाँको शिक्षा, खानेपानी सडक र ढल निकासको समस्यालाई समाधान गर्ने बताए ।