बुधबार राजधानीमा पत्रकार सम्मेलन गरी कांग्रेसले निर्वाचन चिह्न वितरणको बेलासम्म पनि अवस्था हेरेर स्थानीय समितिहरुले गठबन्धनको निर्णय लिनसक्ने जनाएको हो ।
सो अवसरमा कांग्रेस प्रचार समितिका संयोजक रमेश लेखकले केन्द्रीय तहबाट कुनै निश्चित पार्टीसँग गठजोड गर्नुपर्छ भन्ने निर्देशन नदिने बताए ।
संविधान कार्यान्वयनको दिशामा काम अघि बढेको भन्दै उनले संशोधन गरेर यसलाई सर्वस्वीकार्य बनाइ परिवर्तनका एजेन्डालाई संस्थागत गर्ने चरणमा मुलुक प्रवेश गरेको जिकिर पनि गरे ।
कांग्रेसले उम्मेदवारी मनोनयनलाई समावेशी गराएको भन्दै आधादर्जन बढी स्थानीय तहको प्रमुखमा महिलालाई उम्मेदवार बनाएको दाबी पनि गरेको छ ।
मंगलबार मनोनयन दर्ता भएको तीनै प्रदेशका सबै तहमा कांग्रेसले उम्मेदवारी दिएको पनि पत्रकार सम्मेलनमा जानकारी दिइयो ।





प्रतिक्रिया दिनुहोस्