बुधबार राजधानीमा पत्रकार सम्मेलन गर्दै उनले सरकारले पहिलो चरणको निर्वाचनपछि संविधान संशोधनको वचन दिएकाले आफूहरु निर्वाचनमा सहभागी भएको दाबी गरे ।
संविधान संशोधनकोबेला सरकारले मुलुकमा नाटकीय घटनाहरु गराएको भन्दै यादवले सविधान संशोधन नभइ दोस्रो चरणको निर्वाचन गराउन खोजे त्यो अर्थहीन हुने र पहिलो चरणको निर्वाचनले पनि मान्यता नपाउने बताए ।
प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध ल्याइएको महाअभियोग प्रस्ताव तत्काल फिर्ता लिन पनि उनले माग गरे ।





प्रतिक्रिया दिनुहोस्