Logo ३२ असार २०८३, बिहिबार | Thu Jul 16 2026


दिल्लीमा नेपालको सम्मेलन


0
Shares

आइएसएसआरले परराष्ट्र मन्त्रालय र नयाँदिल्लीस्थित नेपाली दूतावासको सहकार्यमा उक्त सम्मेलन गर्न लागेको हो ।

आइएसएसआरले बुधबार राजधानीमा पत्रकार सम्मेलन गर्दै उक्त जानकारी गराएको हो ।

भारतको दिल्लीमा यही वैशाख २२ र २३ गते हुने कार्यक्रममा त्यहाँ रहेका नेपालको कूटनीतिक सम्बन्ध रहेकामध्ये ८२ राष्ट्रका राजदूत एवं प्रतिनिधिहरुको सहभागिता रहने जनाइएको छ ।

कार्यक्रमको पहिलो दिन उद्घाटनसत्र र दोस्रो दिन प्राविधिकसत्र सन्चालन हुनेछ । सम्मेलनमा करिब ३०० विशिष्ट प्रतिनिधिहरु सहभागी हुने जनाइएको छ ।

विदेशी लगानीकर्तालाई नेपालको ऊर्जा, व्यापार र पर्यटनको क्षेत्रमा लगानी गर्न प्रेरित गरिने आयोजकले जनाएका छन् ।