Logo १६ असार २०८३, मंगलबार | Tue Jun 30 2026


वैदेशिक लगानीको पर्याप्त सम्भावना : नवनियुक्त राजदूत


0
Shares

काठमाडौं, फागुन ५ । विभिन्न देशका लागि नियुक्त भएका राजदूतहरुले सरकारले लगानीको क्षेत्रहरु तय गरेमा देशमा लगानी भित्र्याउन आफूहरुले सक्दो पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

आइतबार नेपाल उद्योग वाणिज्य महासंघले नवनियुक्त राजदूतहरुसँग गरेको छलफलमा उनीहरुले वैदेशिक लगानी भित्र्याउनका लागि सरकारले लगानीको क्षेत्रको यकिन गरेमा लगानी ल्याउनसक्ने बताए ।

अन्तर्राष्ट्रिय बजारमा नेपाली वस्तुहरुको प्रवद्र्धनका लागि स्वदेशी उत्पादनको गुणस्तर एवं प्याकेजिङसमेत व्यवस्थित गर्न पनि उनीहरुले जोड दिए ।

मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डेले वैदेशिक लगानी प्रवद्र्धनमा नीतिगत सुधारमा जोड दिए ।

युएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकालले आर्थिक कूटनीति बढाउन सक्दो लागिपर्ने प्रतिबद्धता व्यक्त गरे ।

महासंघकी अध्यक्ष भवानी राणा, उपाध्यक्ष चन्द्र ढकालले नेपालमा कृषि, जलविद्युत्, पर्यटन तथा हस्तकलाको क्षेत्रमा लगानीको सम्भावना उल्लेख्य रहेको भन्दै यी क्षेत्रमा वैदेशिक लगानी भित्र्याउनका लागि राजदूतहरुको भूमिका पनि महत्वपूर्ण रहने बताएका थिए ।