जनता निमावि असारीकै शिक्षक केशव घिमिरेका अनुसार एक हप्ताअघि छोराको विवाह सम्पन्न भएपछि घरबाट अचानक बेपत्ता भएका शिक्षक राईको विद्यालय, परिवार र घरपरिवारले समेत व्यापक खोजी कार्य जारी राखेको तर अहिलेसम्म फेला पार्न सकिएको छैन ।
यसका लागि जिल्ला प्रहरी कार्यालयमा समेत निवेदन दिएको र प्रहरीले समेत खोजी कार्य जारी रहेको बताएको छ ।
शिक्षक घिमिरेले राईको पारिवारिक स्रोतलाई उद्धृत गर्दै भने, ‘पन्ध्र दिनअगाडि देखि नै शिक्षक राईले घरमा आफ्नी श्रीमतीलाई कोशीमा गएर हामफालेर दुवैजना मरौँ भनेर पटक–पटक भनेका थिए ।’
घरबाट बेपत्ता भएको केही घन्टासम्म शिक्षक राईको मोबाइल सञ्चालनमा भएको भएपनि त्यसपछि स्विच अफ अवस्थामा रहेका कारण राईको अवस्था के हो भनेर थाहा पाउनसमेत मुस्किल रहेको विद्यालयका शिक्षकहरु बताउँछन् ।
शिक्षक राईको खोजीका लागि सप्तकोसी किनार क्षेत्रदेखि लहान, विराटनगर, सुनसरीका सम्भावित आशङ्का लागेका स्थानमा खोजी भइरहेको तर फेला पार्न नसकिएको राईकै पारिवारिक स्रोतले बताएको छ । राई विगत २४ वर्षदेखि जनता निमावि असारीमा शिक्षक पेसामा कार्यरत रहँदै आएको विद्यालयका प्रधानाध्यापक ज्ञानेन्द्र श्रेष्ठ बताउँछन् । (रासस)










प्रतिक्रिया दिनुहोस्