काठमाडौं, फागुन ५ । नेपाली स्थानीय घरेलु तथा साना उद्योगका उत्पादनको प्रवर्द्धन र बजारीकरण गर्ने उद्देश्यले नेपाल घरेलु तथा साना उद्योग महासंघले गर्दै आएको औद्योगिक व्यापार तथा घरेलु उद्योग महोत्वसवको १५औं संस्करण यही फागुन तेस्रो सातादेखि सुरु हुँदैछ ।
‘नेपाली वस्तु प्रयोग गरौं, नेपाली भएकोमा गर्व गरौं’ र ‘मिहिनेत, सिजना, उत्पादन र वस्तु मेरै नेपालको’ भन्ने नाराका साथ आगामी फागुन २३ देखि २७ गतेसम्म राजधानीको भृकुटीमन्डपस्थित प्रदर्शनीहलमा मेला आयोजना हुन लागेको हो ।
प्रदर्शनीमा नेपालका सबै प्रदेश र जिल्लाका उद्यमीहरू, उपयुक्त प्रविधि प्रयोगकर्ताहरू र भारत, पाकिस्तान, बंगलादेशलगायत सार्क मुलुक तथा चीनको सहभागिता रहने जनाइएको छ ।
२०० ओटा स्टल रहने प्रदर्शनीको दुई लाखभन्दा बढी अवलोकनकर्ताहरूले अवलोकन गर्ने र सात करोड रुपैयाँभन्दा बढीको आर्थिक कारोबार हुने अनुमान आयोजकको छ ।









प्रतिक्रिया दिनुहोस्