Logo ५ पुस २०८२, शनिबार | Sun Dec 21 2025


विमलेन्द्र निधिले दिएको राजीनामा अस्वीकृत, आजै गृहमन्त्रालय सम्हाल्ने


0
Shares

प्रधानमन्त्री दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र गृहमन्त्री निधिबीच आज भएको छलफलपछि प्रधानमन्त्रीले राजीनामा अस्वीकृत गरेका हुन् ।

निधि आजै गृहमन्त्रालयमा पुगेर पूर्ववत् काममा फर्कने बताइएको छ ।

एकाएक पदबाट राजीनामा दिएका निधि र काँग्रेस सभापति देउवाबीच बुधबार लामो समय संवाद भएपछि निधि पुनः सोही पदमा फर्किन तयार भएको बताइन्छ ।

बुधबारको छलफलमा देउवा र निधिबीच मुलुक जोगाउन र काँग्रेसलाई बलियो बनाउन पछाडि हट्न नहुनेबारे गहन छलफल भएको थियो ।

निधिले राजीनामा दिएपछि गोपालमान श्रेष्ठ वा ज्ञानेन्द्रबहादुर कार्की वा रमेश लेखक वा अर्जुननरसिं केसीलाई गृहमन्त्रालयको जिम्मेवारी दिन सकिने बताइँदै आइएको थियो ।