काठमाडौं, फागुन ५ । निरन्तर ‘वियरिष ट्रेन्ड’मा रहेको सेयरबजारमा साताको पहिलो दिन आइतबार पनि गिरावट आउनेक्रम थामिएन ।
उतार–चढावबीच बजार परिसूचक नेप्से साढे ३ अंकले ऋणात्मक रही ११ सय ९ अंकमा आइ थामियो ।
यसदिन होटल, उत्पादनमूलक र विकास बैंक समूह सामान्य अंकले सकारात्मक रहेबाहेक अरु समूह ऋणात्मक रहेका हुन् ।
यसदिन जीवनबिमा समूह सबैभन्दा उच्च ५३ अंकले ओर्लियो ।
यसदिन नेपाल स्टक एक्सचेन्जमा १७३ कम्पनीका ८ लाख २८ हजार कित्ता सेयर जम्मा २१ करोड ७३ लाख रुपैयाँ बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्