स्थानीय शान्ति समितिको आयोजनामा द्वन्द्वकालमा राज्य र गैरराज्य पक्षको भिडन्तमा मारिएको स्थान आसपास ३ किलोमिटर पदयात्रा गरिएको हो ।
२०६० साल भदौ ९ गते तत्कालिन शाही नेपाली सेनाको आक्रमणमा परेर स्थानीय दुर्गा घिमिरेको घरमा ६ जना र देउमान तामाङको घरमा २ जना गरी ८ जनाको मृत्यु भएको थियो ।
अहिलेसम्म भिडन्तमा परेका ती परिवारले भने राज्यकातर्फबाट कुनै क्षतिपूर्ति पाएका छैनन् ।
द्वन्द्वपीडितले अहिले पनि राज्यबाट अपेक्षा गरे अनुरुपको कुनै राहात नपाएको गुनासो गरेका छन् ।










प्रतिक्रिया दिनुहोस्