Logo ५ पुस २०८२, शनिबार | Sun Dec 21 2025


महाअभियोग फिर्ता लिने बारे सरकार सकरात्मक


0
Shares

आज(बिहीबार) विहान सिंहदरवारस्थित सभामुखको कक्षमा प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमालेका अध्यक्ष केपी ओलीवीच भएको छलफलमा प्रधानमन्त्री सकारात्मक देखिएका हुन् ।

भेटवार्तामा भेटमा संविधान संशोधन र आगामी बजेट लगायतका विषयमा पनि छलफल भएको थियो ।

यसैगरि संविधान संशोधनमा एमाले लगायत प्रतिपक्षीले दलले पनि समर्थन जनाउनुपर्ने र दोस्रो चरणको चुनावको वातावरण बनाउनुपर्ने सत्तापक्षको आग्रह गरेपनि एमालेले यसलाई अस्वीकार गर्दै आएको छ ।

प्रधानमन्त्री प्रचण्डले ओलीलाई संविधान संशोधन प्रस्तावमा समर्थन गर्न र दोस्रो चरणको चुनावका लागि सहज वातावरण बनाउन आग्रह गरेका थिए ।

आगामी आर्थिक वर्षका लागि जेठ १५ गते नै बजेट ल्याउनुपर्ने संवैधानिक प्रावधान छ ।

तर, दोस्रो चरणको चुनावको मिति जेठ ३१ का लागि तय गरिएकोमा एमालेले चुनावअघि बजेट ल्याउन नपाइने अडान राखेको छ ।

वजेट पहिलै ल्याउने भन्नेवारे अन्य दलहरुसंग छलफल गरि टुङ्गोमा पुग्ने छलफलपछि माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले जानकारी गराए ।