संसदको बैठक आज (बिहीबार) दिउँसो बस्दैछ ।
एमाले केन्द्रीय प्रचार विभागले बिहीबार पार्टीको केन्द्रीय कार्यालयमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा महासचिव पोखरेलले सरकारले चाहेकोजस्तो फैसला नभएको भन्ने आधारमा स्वतन्त्र न्यायालयमाथि एकाएक त्यस्तो प्रस्ताव ल्याइनु गलत भएको बताए ।
नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका २४९ सांसदले यही वैशाख १७ गते सो प्रस्ताव संसदमा दर्ता गराएका थिए ।
उनले निर्वाचन सम्बन्धमा स्थानीय आवश्यकता र जितको सुनिश्चितता एवं मुद्दाका आधारमा स्थानीय निर्वाचनमा तालमेल गरिएको पनि बताए । रासस





प्रतिक्रिया दिनुहोस्