Logo ५ पुस २०८२, शनिबार | Sun Dec 21 2025


उपप्रधानमन्त्री निधिले राजीनामा किन लिए फिर्ता ? यसो भन्छन् उनी


0
Shares

                                                                                 फाइल फोटो
जनकपुर विमानस्थलमा बिहीबार पत्रकारहरूसँग संक्षिप्त कुराकानी गर्दै उनले प्रधानन्यायाधीशविरुद्ध महाअभियोग प्रस्ताव दर्ता र प्रहरी महानिरीक्षकको सन्दर्भमा आफ्नो असहमति भएर राजीनामा दिएपछि नेपाली कांग्रेसका सभापति र प्रधानमन्त्रीको आग्रह र राष्ट्रिय समस्याको संवेदनशीलतालाई दृष्टिगत गर्दै आफूले राजीनामा फिर्ता लिएको स्पष्ट गरे ।

आफूले मन्त्री पदबाट राजीनामा दिएपछि मधेसी मोर्चाका नेताले राजीनामाकाबारेमा पुनर्विचारको सुझाव दिएको उनले बताए ।

एक प्रश्नको जवाफमा उपप्रधानमन्त्रीले महाअभियोग प्रस्ताव फिर्ताकाबारेमा छलफल हुनसक्ने धारणा पनि राखे ।

उनले संविधान संशोधन प्रस्तावको टुंगो छिट्टै लाग्ने विश्वाससमेत व्यक्त गरे । रासस