Logo १९ बैशाख २०८३, शनिबार | Sat May 2 2026


तुलसीपुरका एक व्यापारी बेपत्ता


0
Shares

मंगबार दिउँसो करिब ४ बजेदेखि बेपत्ता भएका वलीको हालसम्म कुनै पनि जानकारी नआएपछि उनका परिवार चिन्तित भएका छन् ।

परिवारले तुलसीपुर इलाका प्रहरी कार्यालयमा वली एकाएक बेपत्ता भएकाले खोजी गरिदिन माग गरेपछि प्रहरीले उनको खोजी तीव्र पारे पनि फेलापार्न नसकेको जनाएको छ ।

उनले प्रयोग गर्ने गरेको मोबाइलसमेत बन्द रहेको र खोज–तलासकैक्रममा उनले चलाउँदै आएको मोटरसाइकल भने घोराहीमा बेवारिसे अवस्थामा फेलापारेको इलाका प्रहरी प्रमुख लोकनाथ तिम्सिनाले जानकारी दिए ।

तुलसीपुरस्थित बसपार्कमा पेयपदार्थको व्यवसाय गर्दै आएका वली पछिल्लो समयमा जग्गा प्लटिङ, खरिद तथा बिक्री कार्यमा संलग्न थिए ।

यसैबीच, राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष रेशम विसीले एक विज्ञप्ति जारी गर्दै बेपत्ता भएका वलीको खोजी गरिदिन माग गरेका छन् । रासस