एमाले संसदीय दलका नेता सुवासचन्द्र नेम्वाङको नेतृत्वमा बिहीबार गएको टोलीले प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरुलाई ४ बुँदे ध्यानाकर्षणपत्र बुझाउँदै यस्तो आग्रह गरेको हो ।
एमालेले जेठ १५ गते बजेट ल्याउनैपर्ने भन्दै त्योभन्दा अघि नै निर्वाचन गर्न माग गरेको हो ।
साथै, एमालेले पहिलो चरणको निर्वाचनलगत्तै मतगणना गर्न नहुनेतर्फ पनि आयोगको ध्यानार्कषण गराएको छ ।
दोस्रो चरणको चुनावको मिति घोषणा गर्दा आफूहरुसँग कुनै परामर्श नभएको र एक महिनाको अन्तर राखेको भन्दै एमालेले असन्तुष्टिसमेत जनाएको छ ।
एमालेको पत्र बुझ्दै प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले दलहरुबीच सहमति भए आयोग सहमतिअनुसार जान तयार रहेको बताए ।





प्रतिक्रिया दिनुहोस्