फाइल फोटो
सहमतिअनुसार काठमाडौं र पोखराको मेयरमा माओवादीले कांग्रेसलाई छाडिदिने छ भने भरतपुर महानगरपालिकाको मेयरमा कांग्रेसले माओवादीलाई छाडिदिने छ ।
ललितपुर महानगरपालिकाको विषयमा भने सहमति जुट्न बाँकी रहेको बताइएको छ ।
चितवन कांग्रेस आक्रोशित
कांग्रेस र माओवादी केन्द्रको चुनावी तालमेलप्रति चितवन कांग्रेसले तीव्र असहमति जनाएको छ ।
केन्द्रमा सहमति भएको खबर पाएपछि चितवन कांग्रेसका नेता तथा कार्यकर्ताहरु पार्टी कार्यालयमा भेला भएर नेतृत्वविरुद्ध नाराबाजी नाराबाजी गरेका थिए । उनीहरुले कांग्रेस सभापति शेरबहादुर देउवाको पुत्लासमेत जलाएका छन् ।
भरतपुर महानगरपालिकाका मेयरका कांग्रेस उम्मेदवार दिनेश कोइरालाले आफूले कुनै हालतमा उम्मेदवारी फिर्ता नलिने बताएका छन् ।
यस्तै, चितवनका कांग्रेस सांसद रामकृष्ण घिमिरले पनि भरतपुरमा कांग्रेस आफैं सुदृढ रहेकाले कसैसँग तालमेलको जरुरी नरहेको बताएका छन् ।





प्रतिक्रिया दिनुहोस्