१ जेष्ठ २०८२, बुधबार | Wed May 14 2025


लोकगीत, संगीत, नृत्य र नाट्य क्षेत्रका चारजना जनही एक लाखसहित सम्मानित


0
Shares

प्रतिष्ठानले बिहीबार राष्ट्रपति कार्यालय शीतल निवासमा कार्यक्रम गरी स्रष्टाहरुलाई जनही एक लाख रुपैयाँसहित सम्मान गरेको हो ।

कार्यक्रममा संगीत विधातर्फ वरिष्ठ संगीतकार एवं गायक नारायणभक्त श्रेष्ठ (रायन)लाई पुरस्कृत गरियो ।

यस्तै, नृत्य विधामा वरिष्ठ नृत्यकार एवं नृत्यनिर्देशक राधेश्याम प्रधानलाई पुरस्कृत गरियो भने लोकसंगीत विधामा वरिष्ठ लोकगायिका चन्द्रकला शाहलाई सम्मान गरियो ।

यस्तै, नाट्य विधामा वरिष्ठ नाटककार तथा रंगकर्मी अशेष मल्ललाई सम्मान गरियो । उनीहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारीले सम्मान प्रदान गरेकी थिइन् ।

कार्यक्रममा राष्ट्रपति भण्डारीले यस्ता सम्मानले साहित्य, कला क्षेत्रमा योगदान पुर्‍याउनेहरुलाई प्रोत्साहन मिल्ने भन्दै यस्तो कार्यलाई निरन्तरता दिन आग्रह गरिन् ।

कार्यक्रममा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति सरुभक्त श्रेष्ठले नेपाली लोकगीत र नाट्य क्षेत्रको विकासका लागि राष्ट्रिय सांस्कृतिक नीति आवश्यक रहेको बताए ।

नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठाले विगत तीन वर्षयता संगीत, लोकगीत, नृत्य तथा नाट्य क्षेत्रमा योगदान पुर्‍याउने स्रष्टाहरुलाई सम्मान गर्दै आएको छ ।