१ जेष्ठ २०८२, बुधबार | Wed May 14 2025


‘बाहुबली–२’ हालसम्मकै सर्वाधिक कमाउने बलिउड फिल्म


0
Shares

साताको यो कमाइ बलिउडमा हालसम्मकै सर्वाधिक रहेको बताइएको छ । यसअघि अमिर खानको ‘दंगल’ले सातामा ७ सय ४४ करोड कमाएको थियो ।

बाहुबली–२ ले आफ्नै अघिल्लो चलचित्रको रेकर्डलाई समेत पछि पारेको छ । बाहुबली–२ को हिन्दी भर्सनलेमात्र ४ सय ९५ करोड रुपैयाँ कमाइसकेको छ ।

विश्वव्यापी रुपमा ९ हजार स्क्रिनमा प्रदर्शन भइरहेको यो चलचित्र हिन्दीसहित विभिन्न ६ भाषामा निर्माण भएको छ । अब यस चलचित्रलाई चिनियाँ र जापानी भाषामा समेत प्रदर्शन गर्ने तयारी भइरहेको बताइएको छ ।