Logo ३२ असार २०८३, बिहिबार | Thu Jul 16 2026


मापदण्ड विपरीत क्रसर उद्योग संचालन गर्न लागेको भन्दै स्थानीयद्वारा विरोध


0
Shares

घना बस्तीका बीचमा रोडा, ढुंगा उद्योेग स्थापना गर्न नपाइने भए पनि क्रसर उद्योग सञ्चालन गर्ने तयारी भएपछि स्थानीय विरोधमा उत्रिएका हुन् । मापदण्डअनुसार क्रसर उद्योग सञ्चालन गर्दा प्रारम्भिक वातावरण परीक्षण प्रतिवेदनमा उल्लेखित सम्पूर्ण बुँदा अनिवार्य पालना गर्नुपर्ने, क्रसर मेसिनका लागि सेड राख्नुपर्ने, बफर जोनमा वृक्षरोपण गर्नुपर्ने, घनाबस्तीबाट कम्तिमा २ किलोमिटर टाढा उद्योग स्थापना गर्नुपर्र्नेेलगायतका प्रावधान भए पनि सो विपरित उद्योग सञ्चालन गर्न लागिएको भन्दै स्थानीयले विरोध गरेका हुन् ।

कञ्चनपुरकै सबैभन्दा ठूलो बीउ बिजन प्रयोगशाला तथा कृषि तालिम केन्द्रसमेत रहेको यस क्षेत्रमा क्रसर उद्योग सञ्चालन गर्दा कृषि क्षेत्रमा समेत असर पर्ने भन्दै स्थानीयले उद्योग सञ्चालन गर्न नदिने अडान लिएका छन् ।